Techie IT
शनिबार, वैशाख ६,२०८२

उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह


काठमाडौं । एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको उसले जनाएको छ । उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचीका साथै देहायबमोजिमको विवरण अनिवार्यरूपमा संलग्न गरी पठाउन पार्टीको केन्द्रीय कार्यालयले आग्रह समेत गरेको छ ।

एमालेले नाम सिफारिससँगै नेपाली नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फाराम (सिलबन्दी गरी पेस गर्नुहुन), मतदाता नामावलीमा नाम भएको विवरण पनि पठाउन भनेको छ । जसमा मतदाता क्रम संख्या, वडा नम्बर, गाउँ÷नगरपालिका, प्रदेश र जिल्ला उल्लेख गर्न पनि स्पष्ट पारेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545