Techie IT
आईतबार, वैशाख ७,२०८२

टाउको बिनाको शवको सफल अनुसन्धान गर्ने दुई प्रहरी अधिकृतसहित सात प्रहरी कर्मचारी नगद सहित पुरस्कृत


बागलुङ । जिल्ला प्रहरी कार्यालय बाग्लुङले निसीखोलाको किनारमा भेटिएको टाउको बिनाको शवको सफल अनुसन्धान गर्ने दुई प्रहरी अधिकृतसहित सात जना प्रहरी कर्मचारीलाई नगद सहित पुरस्कृत गरेको छ ।

बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीका अनुसार गत, भाद्र १ गते निसीखोला ४, कालीमाटीस्थित निसीखोलाको किनारमा कामीडाँडा बस्ने गुनबहादुर कामीको छोरा २५ बर्षीया तुलबहादुरको घाँटी काटिएको अवस्थामा टाउको नभएको शव भेटिएपछि सफल अनुसन्धान गरी हत्यामा संलग्न उनको श्रीमती २२ वर्षीया श्रीमती कुमारी कामी र साली १८ वर्षीया मनीषा बिकलाई ५६ घण्टाभित्रै पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै प्रहरी निरीक्षक भुपेन्द्र गिरीसहित सात जना प्रहरीलाई नगद सहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने प्रहरी कर्मचारीमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक भुपेन्द्र गिरी, ईलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा (रेग्मी), प्रहरी चौकी ढोरपाटन बागलुङ दरबन्दी भइ प्रहरी चौकी निसीमा कायारर्त प्रहरी सहायक निरीक्षक लीलामणि उपाध्याय, नेपाल प्रहरी प्रदेश कार्यालय कास्कीमा कायारर्त प्रहरी सहायक निरीक्षक कमल बस्याल, वर्डा प्रहरी कार्यालय रामबजार कास्की दरबन्दी भई ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा कायारर्त प्रहरी हवल्दार शेर बहादुर जिसी, जिल्ला प्रहरी कार्यालय मनाङ दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय बागलुङमा कायारर्त प्रहरी सहायक हवल्दार रामचन्द्र चापागाईं र वर्डा प्रहरी कार्यालय बैदाम कास्की दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बागलुङमै कायारर्त प्रहरी जवान कोमल खत्री रहेका छन् ।

प्रत्यक्ष फिल्डमा खटिएका सो, टोलीले मृतक तुलबहादुरको हत्यामा संलग्नलाई सूक्ष्म ढंगले अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन सफल भएको (एसपी) ज्ञवालीले जानकारी दिए ।

अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुको समेत कार्य सम्पादन स्तरमा सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोवल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम अभिलेखमा जनिने गरी जिल्ला प्रहरी कार्यालय बागलुङले भाद्र १९ गते (आइतबार) नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको उनलेे बताए ।

उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाका साथ प्रशंसनीय कार्य गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बताउँदै उनलेे राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने बिभागको नीति अनुसार नै प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको उनी बताउँछन् ।

तुलबहादुरको टाउको बिनाको शव फेला परेको खबर ईलाका प्रहरी कार्यालय झिवा खोलाले जिल्ला प्रहरी कार्यालय बागलुङलाई गराएसंँगै (एसपी) दयानिधी ज्ञवाली आफैले अनुसन्धान टोलीको नेतृत्व गरेर घटनास्थल निसीखोला पुगेका थिए । दोषी कोही नउम्कियोस् र निर्दोष नफसुन भन्ने उद्देश्यले उनी आफैं फिल्डमा खटिएका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545