गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा तीन जनाको नाम सिफारिश, प्रदीप ज्ञवाली सर्वसम्मत
![](https://www.sajhapana.com/wp-content/uploads/2022/09/प्रदीप-ज्ञवाली-गोकर्ण-बिष्ट.jpg)
गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा उहाँसहित तीन जनाको नाम सिफारिश भएको छ । एमालका दुई पदाधिकारी रहेका गुल्मीका प्रदीप ज्ञवाली क्षेत्र नं १ मा एकल सिफारिसमा पर्नुभएको छ । क्षेत्र नं २ बाट विष्टको स्थानमा तीन जनाको सिफारिस भएको छ ।
केन्द्रीय उपमहासचिव रहेका सांसद ज्ञवालीलाई पुनः सोही क्षेत्रमा उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको हो । गुल्मीको रिडीमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचिव यज्ञ पाण्डेले जानकारी दिनुभएको छ ।
क्षेत्र नम्बर २ मा भने पार्टी सचिव बिष्टसहित प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिश भएको हो । क्षेत्र नम्बर २ को क प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, रेसुङगा नगरपालिकाका पूर्वमेयर डिल्लिराज भुसाल, र मुसिकोटका पूर्वमेयर सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी , मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस हुनुभएको छ ।
प्रदेश ख मा केन्द्रीय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका नकपा एमाले गुल्मीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकर्ण बिष्ट, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्