कानून पालना गराउँदा सुरक्षागार्ड पक्राउ गराएको घटनाप्रति बाबुरामको कडा आक्रोश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कानून पालना गराउँदा सुरक्षागार्डलाई पक्राउ गराएको घटनालाई लिएर पर्यटनमन्त्री जीवनराम श्रेष्ठप्रति कडा आक्रोश पोख्नुभएको छ । भट्टराईले लाइनमा बस्नुस् भन्दा सुरक्षागार्डलाई थुनिनु परेको भन्दै यो भन्दा लज्जास्पद कुरा के हुन्छ रु भन्दै प्रश्न गर्नुभएको छ ।
‘मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्डलाई थुनिएको समाचार सत्य हो भने यो भन्दा लज्जास्पद कुरा के हुन्छ रु नियम पालना गराउने अपराधी कि नियम उल्लंघन गर्ने अपराधीरुयो खबर सुनेपछि ट्राफिक सिग्नल पालन नगर्दा प्रमलाई समेत दण्डित गर्ने देशका पर्यटकले के भन्लान रु ‘ भट्टराईले भन्नुभएको छ ।
पर्यटनमन्त्री श्रेष्ठले लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्ड शेरजंग गुरुङलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमतीसहित दलबल लिएर पुग्नुभएको थियो । एउटा कार्यक्रमका लागि मन्त्रालयका ६र७ जनासहितको टोली क्यानडा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पती पनि त्यहाँ पुग्नुभएको हो ।
‘गरुड सेक्युरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उहाँहरुलाई लाइनमा आउन भन्नुभएको थियो । एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेपछि सुरक्षागार्डले रोक्दा विवाद भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #जीवनराम श्रेष्ठ, #बाबुराम भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्