आजलाई चोलेन्द्रसँगको बयान सकियो, भदौ २५ गते अर्काे बयान

काठमाडौं। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ २५
गते दिउँसो १२ः३० बजे बयानका लागि फेरि बोलाएको छ। समितिले जबरासँग आज थप पाँच प्रश्न सोधेको थियो। योसहित समितिले जबरालाई ११ प्रश्न सोधेको छ।
यसअघि बयानको पहिलो दिन गत बुधबार र बिहीबार गरी ११ प्रश्न सोधेको थियो। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। जसमध्ये ११ वटा प्रश्नको जबराले बयान दिनुभएको छ ।
आजको बैठकमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निर्थक भएको बताउनु भएको छ । संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउनु भयो । उहाँनले महाभियोग लगाएको साढे ६ महिना वितिसक्दा पनि यसको जवाफ पाउन नसकेको धारणा पनि राख्नुभयो ।
न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ। उहाँमाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ गतेबाट जबराको बयान लिइरहेको छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ गतेबाट जबराको बयान लिइरहेको छ। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्।
महाभियोग भ्रामक, सत्यता छैन
बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लागेको महाभियोग भ्रामक भएको बताउनु भयो। जबराले महाभियोग भ्रामक र निर्थक रहेको बताउनु भयो । जवराले भन्नुभयो, ‘महाभियोग आरोप भ्रामक हो। सत्यता छैन। निर्थक छ।’
उहाँले दायित्वबाट नचुकेको बताउनु भयो । न्यायीक नियुक्ति, सरुवा र काजमा एकरत्ती पनि आफू नचुकेको उहाँको दावी छ । ‘संविधानबमोजिम नियुक्त भएको हुँ। संविधानले तोकेको दायित्व र कर्तव्यबाट एक इन्च पनि बाहिर गएको छैन,’ उहाँले भन्नुभयो ।
संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप उहाँको छ । उहाँले महाभियोग लगाएको साढे ६ महिना हुँदासम्म यसको जवाफ पाउन नसकेको धारणा व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चोलेन्द्र शमशेर जबरा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्