सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै: अध्यक्ष ‘प्रचण्ड’

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीच सिट बाँडफाँट सहमतिको नजिक पुगेको बताएका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेशका नेता कार्यकतालाई प्रशिक्षण दिन सुर्खेत वीरेन्द्रनगर पुगेका दाहालले पत्रकारहरूसँगको भेटघाटमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटमा गठबन्धन दल सहमति नजिक पुगिएको बताउँदै गठबन्धन दलभित्र कुनै पनि असहमति नभएको दाबी गरे ।
“गठबन्धनमा संख्या सहमतीको नजिक पुु¥याएर अब एकैचोटी प्रदेश र क्षेत्र पनि टुङग्याउने गरि काम गरिनेछ । भोली हामी सबै बसेर क्षेत्र प्रदेशलाई टुङग्याउने भनेर हामी जुटेका छौं । अन्य सबै पार्टीहरु निर्वाचनमा जुटेका छन् ।”
अध्यक्ष प्रचण्डले यसपटकको चुनावमा नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना नरहेको प्रष्ट परेका छन् ।
“यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।”
पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले एकीकृत समाजवादीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी गरेको बताए। एकीकृत समाजवादीसँग एकताको प्रक्रिया अघि बढेको जानकारी समेत दिए ।
‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौँ’, उनले भने,‘घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भईराख्या छ । चुनाव चिह्न भने आ–आफ्नै हुनेछ।’ उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्