Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा नगरपालिकाले ३५ दिन भित्र सार्वजनिक जग्गामा बनेका संरचना खाली नगरे डोजर चलाउने


काठमाडौं । टोखा नगरपालिकाले सरकारी जग्गा हडपेर व्यक्तिगत प्रयोग गर्नेहरुलाई नगर कार्यपालिकाको बैठकको यहि भदौ ९ गतेको निर्णयअनुसार ३५ दिने सार्वजनिक सूचना निकालेको छ । ३५ दिनभित्र अतिक्रमित सरकार तथा सार्वजनिक जग्गा खाली गराउन सबै वडाकार्यालयहरुलाई सूचना टाँस्न नगरले निर्देशन दिइसकेको छ ।

सार्वजनिक जग्गालाई हडपी घरटहरा तथा कम्पाउण्डमा बारलगाई राखेका जग्गाहरुलाई ३५ दिनभित्र खाली नगरले नगरपालिकाको कानुनअनुसार छुट्याइने नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकले बताउनुभयो ।

काठमाडौं महानगरपालिकामा नगर प्रमुख बालेन्द्र शाहले अवैध संरचना भत्काउने र पार्किङ भनिएका ठाउँहरुमा पसल, होटलहरु खाली गराउने कार्य थालनी भएपछि देशका मुख्य शहरमा नगरहरुमा पनि यस कार्यको सुरु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545