Techie IT
मंगलबार, वैशाख ९,२०८२

जबरासँगको दोस्रो दिनको बयान सकियो


 

महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्रशम्शेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग करिव २ घण्टा मात्र बयान लिएको हो ।

राणाले आज (बिहीवार) दुई वटा प्रश्नको जवाफ दिएका छन भने पहिलो बयानमा चार वटा प्रश्नको जवाफ दिएका थिए । राणालाई समितिले १९ गते आइतवार ११ बजे पुनः बोलाइएको छ ।
निलम्बित जबरासँग बयान लिनका लागि समितिले ४३ वटा प्रश्न तयार गरेको छ । उनले अहिलेसम्म ६ वटा प्रश्नको मात्र जवाफ दिएका छन् ।
पहिलो दिनको बयानका क्रममा उनलाई राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीले प्रतिशोध साँधेको आरोप लगाउनुभएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चोलेन्द्रशम्शेर जबरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545