फिफा विश्वकप प्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन गर्नेबारे छलफल

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन् ।
सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।
नेपाल र कतारबीच दौत्य सम्वन्ध स्थापित भएको ४६ वर्ष भइसकेको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको बताए ।
दुई देशबीच पर्यटन प्रवर्द्धनका निम्ति सहकार्य गर्नेबारे उनीहरूबीच छलफल भएको थियो । आगामी नोभेम्बरमा कतारमा आयोजना हुने २२औँ संस्करणको फिफा विश्वकप प्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन गर्नेबारे पनि छलफल भएको बताइएको छ । नेपालको पर्यटन प्रर्वद्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको राजदूत हैलले बताए ।
नेपाल–कतार दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउनेबारे पनि उनीहरुबीच छलफल भएको थियो । सो अवसरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान संचालन गर्नेबारे पनि छलफल भएको थियो ।
राजदूत हैलले मन्त्री श्रेष्ठलाई कतार भ्रमणको निमन्त्रणा समेत दिएका ।
क्याटेगोरी : समाचार
ट्याग : #जीवनराम श्रेष्ठ, #पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, #संस्कृति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्