आगामी निर्वाचनमा एमालेले कसैसँग गठबन्धन गर्दैन : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आसन्न सङ्घीय तथा प्रदेशसभाको निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताउनुभएको छ
एमाले प्रचार तथा प्रकाशन विभागद्वारा आज काठमाडौँमा आयोजित पत्रकारसँग संवाद कार्यक्रममा महासचिव पोखरेलले एमालेले आसन्न निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भन्दै स्थानीय आवश्यकताका आधारमा तालमेल भने हुनसक्ने उल्लेख गनुभयो ।
महासचिव पोखरेलले मुलुकको राजनीतिलाई सही बाटोमा हिँडाउन र समृद्धिको लक्ष्य हासिल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी प्रधानमन्त्रीका रुपमा एमालेले अघि सारेको दाबी गर्नुभयो ।
महासचिव पोखरेलले नागरिकता विधेयकमा एमालेको असहमति भनेको सत्तारुढ दलले अघि सारेको विधेयक पारित प्रक्रिया र वैवाहिक अङ्गीकृत नागरिकताको व्यवस्थामा मात्र रहेको बताउनुभयो ।
उहाँले नेपालमा विवाह गरेर आउने महिला र भारतमा बिहे गरेर जाने नेपाली चेलीको हकमा समान व्यवस्था गर्नुपर्ने एमालेको माग पुरा भए सहमति हुने विश्वास व्यक्त गर्नुभयो
क्याटेगोरी : समाचार
ट्याग : #शङ्कर पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्