Techie IT
शनिबार, वैशाख ६,२०८२

स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रूपैयाँ सहित एक जना पक्राउ


मोरङ । विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रूपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा साघुरीगडी गाउँपालिका–३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राई रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545