एमाले सचिब भट्टको निर्बाचन क्षेत्रमा समाजबादीका नेता कार्यकर्तालाई एमालेमा फर्काउने कसरत जारी

धनगढी । सुदुरपश्चिममा समाजवादीका मुख्य नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने भएपछि एमालेले भदौ १५ गते महेन्द्रनगरमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । भेलालाई सम्बोधन गर्न र नेताहरुलाई पार्टीमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर आउने कार्यक्रम तय भएको छ ।
यता कैलालीमा पनि केही नेता कार्यकर्ताहरुलाई समाजबादीबाट एमालेमा फर्काउने तयारी शुरु भएको छ । बिषेश गरी क्षेत्र नम्बर ४ मा समाजबादीमा लागेका नेता कार्यकर्ताहरुलाई फर्काउने कसरत जारी छ । एमाले प्रदेश सचिब लेखराज भट्टको गृह क्षेत्र भएकाले पनी एमाले अहिले समाजबादीमा लागेका सबै नेता कार्यकर्ताहरुलाई फर्काउने पक्षमा रहेको छ ।
एमालेका एक नेताले भने-‘यो क्षेत्रमा केही टाउकोमा देखिने नेताहरु मात्रै समाजबादीमा गएका थिए । कार्यकर्ताको सानो तप्का हो उता गएको तर अब सबै फर्किन्छन होला । हामी सम्बाद मा नै छौं ,रिजल्ट आउँछ।’
समाजबादीमा लागेकाहरुलाई मुल पार्टीमा फर्काउन सचिब भट्टको सचिबालयको टिम पनि सकृय भएर लागेको छ । उनका स्वकिय सचिब हितेश ओझा अहिले सबै जसो समाजबादीका मुख्य नेताहरुको सम्पर्कमा पुगेका छन । उनले एमालेमा फर्किने नेताहरुको लिष्ट नै तयार परेका छन् ।
यो क्षेत्र समाजबादीका मुख्य नेता दिर्घ सोडारीको क्षेत्र पनि हो । उक्त पार्टीले सोडारीलाई संघको निर्बाचनको लागी उम्मेदवार सिफारिस गरेको छ । सोही क्षेत्रमा एमाले केन्द्रको निती अनुसार सोडारी बाहेकका नेता कार्यकर्तालाई एमालेमा फर्काएर भाँडो खाली गर्ने रणनितीमा रहेको छ ।
केही समय यता सोडारी पनि एमालेमा फर्किने चर्चा चलेको भएपनी अब सोडारी,पूर्णा जोशी लगाएतका केही समाजबादीका नेताहरु तत्काल नफर्किने मुडमा पुगेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लेखराज भट्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्