Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेको ४ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति


 

काठमाण्डौं। मंसिरमा हुने आमनिर्वाचनका लागि नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको समितिमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय आयोगका पदाधिकारीहरू, विभागका सचिव, जनसंगठनको अध्यक्ष र महासचिव सदस्य रहेका छन् ।

परिचालन समिति अन्तर्गत सचिवालयमा केन्द्रीय पदाधिकारी, निर्वाचन विभाग, कानुन विभाग र प्रचार विभागका उपप्रमुख र सचिव तथा केन्द्रीय कार्यालयका सचिव सदस्य रहनेछन् ।
आजको बैठकले सचिवालय दुवैको सचिवमा पार्टीका उपमहासचिव विष्णु रिमाललाई बनाउने निर्णय गरेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #एमालेको ४ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545