रत्नपार्कमा पनि भत्काइयो अवैध संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार रत्नपार्क वरपरका अवैध संरचना भत्काउन भत्काएको छ । महानगरपालिकाको टोलीले भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेका अवैध संरचना महानगर प्रहरीले भत्काएको छ ।
महानगरले भत्काइ सकेपछि व्यापारिहरुले प्रतिक्रिया दिदैँ कर बुझाएर व्यापार गर्दा पनि यस्तो कार्य गरेको बताए । उनले अहिलेको मेयरले एउटा कानुन बनायो ५ वर्षपछि अर्को कानुन आउला भन्दै यसले जनतालाई दुःख दिने काम भएको बताए ।
“मेयरले जे भन्यो त्यो हुने भोलि अर्को ५ वर्षमा अर्को मेयर आउला उहाँले अर्को कानुन लगाउने अनि जनताले के गर्ने, यस्ता कुराहरु मेयरले चिठि नपठाए पनि नगर प्रहरी, कार्यकारी कर्मचारीहरु छन् । तिनिहरुले चिठि ल्याएर वडामा दिएको भएपनि हुन्थ्यो ।”
रत्नपार्कको सब–वेसँगैका संरचना महानगरको टोलीले भत्काइदिएको छ । केहीदिन देखि काठमाडौं महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका अबैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।
फुटपातमा व्यापार गरि बसेका अर्का व्यापारीले नेताको चुनावको समयमा ६ महिना अगाडीदेखि घोषणा हुने पसल हटाउन भने समय नदिएको भन्दै आरोप लगाए ।
“नेताको चुनाव लड्न प¥र्यो भने ६ महिनादेखि यो पार्टी त्यो पार्टी भनेर घोषणा हुने, चुनाव पनि यति बजेदेखि यति बजेसम्म भनेर घोषणा हुने, हाम्रो पसल चाहि अहिलेको अहिले हटाउनु पर्ने ।”
३५ दिने सूचना दिँदा पनि अटेर गरेपछि मेयर शाहले काठमाडौँको नयाँ बानेश्वर, सुनधारा, नयाँ सडक, बनस्थली क्षेत्रमा डोजर चलाइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #रत्नपार्कमा पनि भत्काइयो अवैध संरचना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्