Techie IT
आईतबार, वैशाख ७,२०८२

मनसुनी विपद्‌मा परी पाकिस्तानमा एक हजार जना भन्दा बढी मानिसको मृत्यु


इस्लामावाद । मनसुनी विपद्‌मा परी पाकिस्तानमा एक हजार जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो वर्ष जुनयता करिब तीन महिनाको अवधिका बाढीका कारण पाकिस्तानमा एक हजार जना भन्दा बढी मानिसको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएको बताइएको छ ।

बाढीले देशभर भीषण क्षति पुर्‍याएपछि यहाँको सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, यूके, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले उक्त अपिल अन्तर्गत सहयोग समेत उपलब्ध गराउन थालेका छन् ।

देशको उत्तरपश्चिममा अवस्थित खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आउँदा कैयौँ मानिस विस्थापित भएका छन् भने हजारौँ मानिसहरू आफ्नो घरबाट भागेका विवरणहरू बीबीसीले प्रस्तुत गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #पाकिस्तान, #मनसुनी विपद्‌मा परी पाकिस्तानमा एक हजार जना भन्दा बढी मानिसको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545