प्रत्येक प्रदेशका ऐतिहासिक स्थलहरुको छनोट गर्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटनको विकासकोे लागि प्रत्येक प्रदेशका ऐतिहासिक स्थलहरुको छनोट गर्नुपर्ने बताएका छन् । ७ वटै प्रदेशका पर्यटनमन्त्रीबीचको सम्मेलनको उद्घाटन गर्दै उनले महत्वपूर्ण ठाउँहरुको छनोट गरी ब्रान्डिङ गर्न सके सबै भुभागहरुमा पर्यटनकोे विकास गर्न सकिने जिकिर गरे । यस्तो खालकोे कदमबाट वैदेशिक र आन्तरिक पर्यटकलाई आर्कषित गर्न सकिने उनको धारणा छ ।
हरेक प्रदेशमा रहेका महत्वपूर्ण ऐतिहासिक स्थलहरु केन्द्रमा राखेर कमसेकम तीन वटा त्यस्ता केन्द्रहरुलाई छनोट गरौं । जसको निकै महत्व छ । त्यसलाई केन्द्रीत गरेर हामीले ब्रान्डिङ गर्ने हो भने देशका सबै भुभागहरुमा पर्यटनकोे विकास गर्न सक्छौं । वैदेशिक र आन्तरिक पर्यटकलाई आर्कषित गर्न सक्छौं ।
मन्त्री जीवनराम श्रेष्ठले पर्यटकहरुलाई बस्ने र घुम्ने लगाएतका कुरालाई तयार गर्न सके सोचेँ जस्तो पर्यटन विकास गर्न सकिने औल्याए । उनले नेपाल सिजनबल मात्र नभएर अलसिजनबल रहेको धारणा राख्दै राउन्ड द इयर नै नेपालको सिजन रहेको कुरालाई प्रचार गर्नु आश्वकता रहेको तर्क राखे ।
क्याटेगोरी : समाचार
ट्याग : #जीवनराम श्रेष्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्