Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रतिनिधिसभाको बैठक नेता गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने


काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठक नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

समाजवादी चिन्तक गिरीको शनिबार राति साढे ९ बजे निधन भएको थियो भने आइतबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको थियो ।

facebook sharing buttonShare

क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभाको बैठक, #सांसद प्रदीप गिरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545