Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं–६ मा चुनाव लड्ने हल्ला मात्रै हो , म गुल्मी–२ बाटै चुनाव लड्छु : गोकर्ण विष्ट


पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन उठ्ने बताएपछि तुलनात्मक रूपमा पार्टीमा लोकप्रिय मानिएका विष्ट गुल्मीबाहेक अन्य क्षेत्रबाट पनि चुनावमा उठ्न सक्ने जिल्लाका केही नेताहरूले बताउँदै आएका छन् ।

तर विष्टले भने आफू जन्मभूमि भएको निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा नजाने दाबी गरेका छन् । ‘म गुल्मी–२ बाट नै चुनाव लड्छु, अन्य क्षेत्रमा कसैले हल्ला चलाएको भए त्यसलाई हल्लाका रूपमा मात्रै बुझ्नपर्छ’, विष्टले भने ।

यसअघि लगातार चारवटा निर्वाचनमा गुल्मी–२ बाट उठेका विष्ट २०६४ मा भएकाे निर्वाचनमा मात्रै पराजित भएका थिए ।

काठमाडाैं–६मा यसअघि एमालेका युवा नेता योगेश भट्टराईले पनि प्रतिस्पर्धा गरेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकर्ण विष्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545