Techie IT
आईतबार, वैशाख ७,२०८२

फोहरमैलाको विकराल समस्याविरुद्ध युवा संघको दबावमूलक सरसफाई कार्यक्रम


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पोखरेलले काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौं महानगरमा चुलिएको फोहरमैलाको विकराल समस्याविरुद्ध दबावमूलक सरसफाई कार्यक्रम सुरु गरेका हुन् ।

‘फोहोरले गर्दा काठमाडौंमा महाहारी, रोग जस्ता संक्रमण फैलन सक्ने अवस्था भएको हुनाले हामीले टुलुटुलु हेरेर बस्ने हैन् राज्यलाई दवाब दिनुपर्ने ठाँउमा हामी दवाद दिन्छौं । महानगर र राज्य कहाँ छ ? के छ ? उहाँहरुलाई औंला ठडारएर धारे हात लगाएर हाईन हामी उहाँहरुलाई सहयोग गर्दै दवाब सिर्जना गर्ने र आफ्नो तर्फबाट केही न केही गरेर काठमाडौंवासिलाई राहत दिने भनेर यो अभियान सुरु गरेका छौं । ’

राष्ट्रिय युवा संघ नेपालले अगामी ४ दिनदेखी यो कार्य गरिरहेको छ । जबसम्म महानगरले फोहोर उठाउदैंन तबसम्म आफुहरुको अभियान निरन्तर चलिरहने पोखरेलको दावि छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फोहरमैलाको विकराल समस्याविरुद्ध दबावमूलक सरसफाई कार्यक्रम, #राष्ट्रिय युवा संघ नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545