Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौँमा थुप्रिँदै गएको फोहरप्रति संसादहरुले गराए सरकारको ध्यानाकर्षण


काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अमृता थापामगरले काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएको प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
‘काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएको छ । फोहरका कारण नेपालका मुख्य सहर कुरूप बन्दै गएको छ । ’

उनले सरकारले काठमाडौँसहित देशभरका सहरमा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहरका कारण नेपालका मुख्य सहर कुरूप बन्दै गएको बताएकी छन्

यस्तै सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र सङ्घ सबै जुट्नुपर्नेमा जोड दिएकी छन् ।
‘फोहर व्यवस्थापन वर्गीकरण हुनुपर्छ । व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र सङ्घको जिम्मेवमरी हो । यसको राजनीतिकरण नहोस् । ’

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँमा थुप्रिँदै गएको फोहरप्रति संसादहरुले गराए सरकारको ध्यानाकर्षण, #प्रतिनिधिसभाको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545