Techie IT
आईतबार, वैशाख ७,२०८२

मुद्दा मिलाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ


चितवन । मुद्दा मिलाई दिन्छु भनी रकम ठगी गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मोबाईल चोरी मुद्दामा प्रहरी अनुसन्धानका क्रममा रहेका रौतहट गरूडा नगरपालिका वडा नंम्बर ५ बस्ने २८ बर्षीया रुप नारायण साह सोनारलाई हिरासतबाट छुटाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा गोरखा सिरानचोक गाउँपालिका वडा नंम्बर ४ बस्ने दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त श्रेष्ठले सम्मानित चितवन जिल्ला अदालतबाट चोरी मुद्दामा प्रहरी हिरासतमा रहेका सोनारका भाई सुखारी साहसंँग गएको साउन १९ गते आइएमइ मार्फत २० हजार रुपैयाँ लिएका थिए ।

चोरी मुद्दामा प्रहरी हिरासतमा रहेका सोनार हिजो (सोमबार) सम्मानित चितवन जिल्ला अदालतको आदेशले तीस हजार रुपैयाँ धरौटीमा छुटेको र श्रेष्ठ सम्पर्कमा समेत नआएपछि रुपनारायण साहका भाइ सुखारी साहले आफू ठगिएको थाहा पाएका थिए ।

ठगी गर्ने श्रेष्ठ बिरुद्धमा सुखारीले ठगी सम्बन्धी कसुरमा मंगलबार किटानी जाहेरी दिएपछि उनलाई आजै प्रहरीले पक्राउ गरी ठगी सम्बन्धि कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545