नागरिकता विधेयक फिर्ताको विरोधमा दोस्रो दिन राजमार्ग अवरुद्ध

बर्दिबास । पाँच दलीय गठबन्धनका स्थानीय नेता कार्यकर्ताले नागरिकता विधेयक फिर्ता गरेको भन्दै धनुषाको ढल्केवरस्थित पूर्वपश्चिम राजमार्ग दोस्रो दिन पनि अवरुद्ध गरेका छन् ।
यसअघि सोमवार नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले नागरिकता विधेयक फिर्ता गरेको भन्दै राजमार्गमा आधा घण्टा चक्काजाम गरेका थिए । त्यसपछि ढल्केवरमै बसेको नागरिकताविहीन सहितको सर्वदलीय बैठकबाट सङ्घर्षका थप कार्यक्रम सार्वजनिक गरिएको हो ।
सोही निर्णय अनुसार मङ्गलवार पनि राजमार्ग अवरुद्ध गरिएको नेपाली कांग्रेसका क्षेत्रिय सचिव बुधेश्वर महतोले बताउनुभयो । उहाँका अनुसार बुधवार बजार क्षेत्रमा कालोपट्टि बाँधेर मार्चपास गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नागरिकता विधेयक, #राजमार्ग अवरुद्ध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्