सेयर बजार करिब २५ अंकले ओरालाे

काठमाडौं । सेयर बजार करिब २५ अंकले ओरालाे लागेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो ।
क वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ । १३ वटा उपसूचक मध्ये सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । यद्यपि, कारोबार भने २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।
यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१८ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६८ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक १.७७ प्रतिशतले, निर्जीवन बिमा समूहको उपसूचक १.७१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.५५ प्रतिशतले माइक्रोफाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १.९ प्रतिशतले घटेको छ ।
अन्य समूहको उपसूचक भने ०.७ प्रतिशतले मात्र घटेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सेयर बजार, #सेयर बजार करिब २५ अंकले ओरालाे
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्