Techie IT
आईतबार, वैशाख ७,२०८२

खानेपानी लिमिटेडका प्लम्बर अख्तियारको नियन्त्रणमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्काल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटिएको थियो । सोही क्रममा टोलीले खुलाललाई सेवाग्राहीबाट लिएको पाँच हजार घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनलाई खानेपानीको कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #खानेपानी लिमिटेडका प्लम्बर अख्तियारको नियन्त्रणमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545