जुम्लामा थपिए एक हजार नौ सय २७ नयाँ मतदाता

जुम्ला। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलन अन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आठ सय ८४, इलाका प्रशासन कार्यालय सिंजा नराकोटबाट चार सय ९० र जिल्ला निर्वाचन कार्यालयबाट पाँच सय २६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर धनबहादुर रावलले जानकारी दिनुभयो ।
यही साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन बन्द भएको थियो । उहाँले भन्नुभयो,“ निर्वाचन कार्यालय जुम्ला तथा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय नराकोट गरी तीन ठाउँबाट जिल्लामा मतदाता नामावली सङ्कलन भएको थियो । सो अवधिमा ३० जनाले मतदाता नामावलीमा आफ्नो नाम सच्याएका छन् । ३१ जनाले मतदाता नामावली सारेको कम्प्युटर अपरेट रावलले जानकारी दिनुभयो ।”
गतको स्थानीय तहको निर्वाचनमा जिल्लाबाट ६७ हजार सात सय ४४ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा जिल्लाभरि ७९ मतदानस्थल र एक सय दुई मतदान केन्द्र स्थानीय तहको निर्वाचनमा कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लाको कूल मतदाता सङ्ख्याको आधारमा केही मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या बढ्न सक्ने आयोगले जनाएको छ । आयोगको केन्द्रीयबाट जुम्लाको मतदाता सङ्ख्याको विवरण पठाएपछि मात्र मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, #मतदाता नामावली सङ्कलन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्