विवादास्पद नागरिकता विधेयक फास्ट ट्र्याकबाट पुनः प्रमाणीकरणका लागि पठाउने तयारी

काठमाडौं । पुनर्विचार गर्नुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित संसदमा फिर्ता पठाएको विवादास्पद नागरिकता विधेयक फास्ट ट्र्याकबाट पुनः प्रमाणीकरणका लागि पठाउने तयारी भएको छ ।
विधेयकमाथि गहन छलफल, बहस र परिमार्जन आवश्यक रहेको भन्दै पुनर्विचारका लागि फिर्ता पठाए पनि सत्तारुढ दलहरुले भने जस्ताको त्यस्तै पुनः प्रमाणीकरणका लागि पठाउन लागेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद कोइरालासँग छलफल गरेका थिए ।
त्यसपछि कार्य व्यवस्था परामर्श समितिको बैठकबिनै मंगलबारको कार्यसूचीमा नागरिकता एन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ताबारे राष्ट्रपतिको कार्यालयको पत्र जानकारी गराउने विषय कार्यसूचीमा राखेका छन् ।
उता प्रमुख प्रतिपक्षी दलले भने सरकारले गल्ती गरेको अब सच्याउने बाटोमा आएको बताएको छ । यदि जबरजस्ती गरे प्रतिवाद गर्ने एमालेले चेतावनी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक, #राष्ट्रपति विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्