Techie IT
शनिबार, वैशाख ६,२०८२

देशका गहनालाई सबैले संरक्षण गर्नुपर्छ: प्रधानमन्त्री


काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाषा, कला, साहित्य संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन प्रज्ञा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाली साहित्य कला देशका गहना भएकाले तिनको संरक्षण गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भौगोलिक विविधताले भरिपूर्ण नेपालको आफ्नै वीरतापूर्ण इतिहास भएकाले यसलाई जोगाउनुपर्ने र हिमाल, पहाड तराई उपत्यकाभित्र बसोबास गर्ने सबै जाती भाषा संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाली जहाँ जहाँ पुगेका छन्, भाषा र साहित्य पनि त्यहाँ पुगेको भन्नुहुँदै प्रज्ञा प्रतिष्ठानले देश विदेशमा रहेका नेपाली साहित्यकारहरूलाई एकै ठाउँमा समेट्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले नेपाली शब्दकोषको मोबाइल एप सञ्चालन गरेपछि विश्वभरि छरिएर रहेका नेपालीहरूका लागि नेपाली शब्द जान्ने सिक्ने अवसर प्राप्त भएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको निर्माण अन्तिम चरणमा पुगेको र केही दिनमा नै उद्घाटन गरिने जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545