Techie IT
शनिबार, वैशाख ६,२०८२

फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीलाई स्थानीय दलले रोके


काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीयहरुले रोकेका छन् ।

स्थानीय राजनीतिक दलहरुले फोहोरको गाडी रोकेका हुन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेसँगै एमाले तथा राप्रपाले पनि फोहोरको गाडी रोकेका हुन् ।

हिजो धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ ।

हिजो २५ वटा गाडीले मात्रै फोहोर फालेका थिए ।

उता स्थानीय बासिन्दाहरुले भने राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको आरोप लगाएका छन् ।

फाहोर पीडित स्थानीयबासीहरुले भने फोहोरको नाममा राजनीति गर्नेहरुसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

अहिले स्थानीयबासीहरु सडकमा आएका छन् । छलफलको प्रयास भइरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बञ्चरेडाँडा, #बन्चरेडाँडा ल्याण्डफिल साइट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545