५ हजार ८ सय देखि ८ हजार मिटरसम्मका नयाँ हिमाल आरोहणको लागि खोलिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले ५ हजार ८ सय देखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुलाई आरोहणको लागि खोल्ने तयारी गरेको बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को साधारणसभामा उनले यस योजनाले पर्यटन क्षेत्रलाई उजागर गर्ने विश्वास लिएको बताए ।
“हामिले अहिले जुन खालको एउटा ५ हजार ८ सयदेखि ८ हजार मिटर सम्मका नयाँ हिमालहरुलाई पनि आरोहरणको लागि खोल्ने निर्णय गरेका छौं । त्यो योजनाभित्र समेटेका छौं । यसबाट मलाई लाग्छ कि टानको लागि पनि महत्वपूर्ण विषय हुन सक्छ । यसले नयाँ क्षेत्रहरुलाई उजागर गर्ने कुरा, पर्यटन क्षेत्रलाई आर्कषित गर्ने कुरा हुनसक्छ भन्ने हामिलाई लागेको छ ।”
मन्त्री श्रेष्ठले सन् २०२३–२०३३ सम्म नेपाल भ्रमण दशकको रुपमा चलाउने योजना अघि सारेको जिकिर गरे । उनले नेपालीहरुले पहिले नेपाल घुमौं, त्यसपछि मात्रै विदेश घुमौं भन्ने कुरा अगाडी सारेको बताउँदै विदेशमा बस्ने नेपालीहरुले एक जना विदेशीलाई नेपाल जाऔं भन्ने अभियान चलाउने तर्क राखे ।
“अहिले यो अवस्थामा हामिले पर्यटक दशकको रुपमा, नेपाल पर्यटन दशक भनेर २०२३ देखि ३३ सम्मलाई निरन्तर रुपमा काम अगाडी बढाउने र पर्यटन क्षेत्रलाई आर्कषित गर्ने र नेपालमा रहेका नेपालीहरुले पहिले नेपाल घुमौं, त्यसपछि मात्रै विदेश घुमौं भन्ने कुरालाई पनि अगाडी सारेका छौं । प्रत्येक विदेशमा बस्ने नेपालीहरुले एक जना विदेशीलाई नेपाल जाऔं भन्ने अभियान चलाउ भन्ने कुराहरुलाई पनि अगाडि सारेका छौं ।”
मन्त्री श्रेष्ठले नेपाललाई सिजनमा मात्र नभएर १२ औं महिना नै पर्यटक भित्र्याउने बताउँदै नेपालका पर्यटकीय क्षेत्रलाई ब्रान्डिड गर्ने तर्क राखे । उनले नेपाल एउटा पर्यटनको गन्तव्य स्थलको रुपमा विकास विकास गर्न सरकार लागि परेको जानकारी गराए ।।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #hot, #जीवनराम श्रेष्ठ, #ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्