उपराष्ट्रपति पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
काठमाडौँस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तानबिचको सम्बन्ध सुमधुर रहेको तथा पारस्परिक सहयोग निरन्तर वृद्धि भएको बताउनुभयो । उहाँले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको सराहना पनि गर्नुभयो ।
नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले छ दशकभन्दा पुरानो पाकिस्तान र नेपालबिचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउनुभयो ।
उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य पाकिस्तान र नेपालले क्षेत्रीय चासोका साझा विषयमा सहकार्य गरिरहेको चर्चा गर्दै दक्षिण एसियाको आर्थिक उन्नयनका निम्ति क्षेत्रीय शान्ति अपरिहार्य भएको बताउनुभयो ।
वार्ता र संवादका माध्यमबाट सबै समस्याको निकास खोज्न पाकिस्तान तयार रहेको बताउँदै उहाँले दक्षिण एसियाको समृद्धिका निम्ति क्षेत्रीय शान्ति र स्थायित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
सङ्गठनका सभापति हिमालय शमशेर जबराले ६१ वर्षदेखि सक्रिय सङ्गठनले दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन सक्रियतापूर्वक काम गरिरहेको बताउँदै सरकारी स्तरका साथै जनस्तरमा समेत सुमधुर रहेको नेपाल–पाकिस्तान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #उपराष्ट्रपति, #ति नन्दबहादुर पुन, #पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्