Techie IT
बिहीबार, माघ ३,२०८१

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान


काठमाडौं ।   निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ।

आइतबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनुमानति १० अर्ब खर्च हुने बताउनुभएको हो । मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरीद खरीद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो। सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ।

यस्तै पछिल्लो विवरण अनुसार‚ करीब एक करोड ८२ लाख मतदाता रहेको आयोगले जनाएको छ।

आगामी निर्वाचनमा १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र रहने आयोगले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिनेश कुमार थपलिया, #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
13°
Mostly Cloudy
6:54 am5:32 pm +0545