सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ पारित गरेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मत इस्तियाक राईले प्रस्तुत गर्नुभएको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ बहुमतले पारित गरेको हो ।
अहिले बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिको प्रतिवेदनसहित प्रस्तुत गर्नुभएको बीमा विधेयक, २०७५ माथि छलफल जारी छ ।
यसअघि बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
बैठकमा नेकपा एमालेका सांसदहरु योगेशकुमार भट्टराई, रामवीर मानन्धर, भूमि त्रिपाठी, मायादेवी न्यौपाने, निरुदेवी पाल, यज्ञराज सुनुवार, झपट रावल, लगायतले काठमाडौँमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न संसदीय समिति गठन गरी सिसडोलबासीको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, बैठकमा बलात्कार पीडित नेहारिकालाई तत्काल न्याय दिनुपर्ने, आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा ५० प्रतिशत महिलाको उम्मेदवारी सुनिश्चित गरिनुपर्ने, मिटरव्याजीहरुको सम्पत्ति छानविन गरिनुपर्ने, नुवाकोटका विभिन्न स्थानमा बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्