Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रचण्ड–बाबुराम एउटै चुनाव चिह्नमा लड्ने ‘सहमति’


काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार देखिएका छन् ।

आइतबार बिहान  माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय  डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्ता मा यस्तो सहमती भएको हो ।

बैठकपछि बोल्दै नेसपाका अध्यक्ष यादवले माओवादी केनद्रको चुनाव चिन्ह पुरानो भएकाले यस्तो सहमती गर्न लागिएको बताउनुभयो । यादवले यस्का लागि समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जाने लगभग सहमती भएको बताउनुभयो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड–बाबुराम एउटै चुनाव चिह्नमा लड्ने ‘सहमति’, #बाबुराम भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545