Techie IT
शनिबार, वैशाख ६,२०८२

सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर: मायादेवी न्यौपाने


 

काठमाडौँ । प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद मायादेवी न्यौपानेले सरकारको चर्को आलोचना गरेकी छिन् ।
आइतबारको बैठकमा उनले सरकारले जनतालाई केही पनि दिन नसकेको आरोप लगाइन् । विद्यार्थीलाई पुस्तक दिन नसकेको, किसानलाई मल, बिउ र सिंचाई दिन नसकेको र व्यवसायीलाई कच्चा पदार्थ दिन नसकेको उनको आरोप छ । उनले सरकारलाई व्यङ्ग्य गरेकी छिन् ।

केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो हो ?
उनले सरकारसँग मिल्दोजुल्दो भन्दै आयो लाहुरे बुट पेटी कसेर गयो लाहुरे खरानी धसेँर भन्ने गीत पनि सुनाइन् । न्यौपानेले मंसिर चार गते हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस भन्दै शुभकामना पनि दिइन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा, #मायादेवी न्यौपाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545