Techie IT
शनिबार, वैशाख ६,२०८२

७८१ मा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

सो अवधिमा चार हजार सात सय १२ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार दुई सय ९० जनाले पिसीआर र दुई हजार चार सय २२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३ हजार आठ सय एक जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । सो अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार आठ सय छ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ८४ पुगेको छ । होम आइसोलेशनमा पाँच हजार पाँच सय ६५, संस्थागत आइसोलेसनमा दुई सय १०, आइसियु ६३ र भेन्टिलेटरमा आठ सङ्क्रमित रहेका छन् ।
राससv


क्याटेगोरी : समाचार
ट्याग : #७८१ मा कोरोना सङ्क्रमण, #breaking, #दुई जनाको मृत्यु, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545