काठमाण्डौ जिल्ला भित्र कांग्रेस , एमाले , माओवादी र समाजवादीको कुन कुन वडा ? (बिवरण सहित)

काठमाण्डौ । स्थानीय तहको निर्वाचन २०७९ मा काठमाण्डौ जिल्लाका १३८ वडा मध्ये नेपाली कांग्रेसले ७२ वडामा अध्यक्ष पद जितेको छ भने नेकपा एमालले ५४ वटा वडामा जित हासिल गरेको छ।
काठमाण्डौ जिल्लामा राप्रपाका ४ वडा अध्यक्ष रहेका छन भने नेकपा माओवादी केन्द्रका ३ र नेकपा एसका २ जना वडा अध्यक्षहरु रहेका छन। यस जिल्लाका १३८ वडा मध्ये ३ वडाका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन।
एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाण्डौ जिल्लाका ७ नगरमा नेपाली कांग्रेसले प्रमुख पदमा जितेको थियो भने नेकपा एमाले २ र राप्रपा १ नगरपालिकाको प्रमुखमा विजयी भएका थिए। काठमाण्डौ महानगरपालिकाको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भएका थिए।
त्यस्तै काठमाण्डौका ११ स्थानीय तह मध्ये ६ वटामा नेकपा एमालले उपप्रमुख पदमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसका ५ उपप्रमुखहरु रहेका छन।
कुन नगरपालिकामा कति वडा ?
१. काठमाण्डौ महानगरपालिका
यस माहानगरपालिकाका ३२ वडा मध्ये नेपाली कांग्रेसले १९ वडामा अध्यक्ष जितेको छ भने नेकपा एमालेले १२ वटा वडा अध्यक्ष जितेको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा अध्यक्षमा जित हासिल गरेको छ।
२.शंखरापुर नगरपालिका
यस नगरपालिकाका ९ वटा वडाहरु मध्ये ४ वटामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वटा वडामा राप्रपाका वडा अध्यक्ष रहेका छन। त्यस्तै यस नगरपालिकामा नेकपा एमालले १ र नेकपा माओवादी केन्द्रले १ वडा अध्यक्ष जितेका छन।
३.कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिका नौ वटा वडाहरु मध्ये ५ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वटा वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन। यस नगरपालिकाको १ वडामा नेकपा एसले जित हासिल गरेको छ।
४.गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिकाका ९ वटा वडाहरु मध्ये नेकपा एमालले ५ वडा वडा अध्यक्षमा जित हासिल गरेको छ भने नेपाली कांग्रेका ३ वडा अध्यक्ष रहेका छन। यस नगरपालिकामा १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।
५.बुढानिलकण्ठ नगरपालिका
बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्ये नेकपा एमालेले १० वटा वडामा अध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले २ वटा वडामा जित हासिल गरेको छ। यस नगरपालिकामना १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।
६.टोखा नगरपालिका
टोखा नगरपालिकाका ११ वटा वडाहरु मध्ये ९ वडामा नेकपा एमालेका अध्यक्षहरुले जित हासिल गरेका छन भने २ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन।
७. तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिकाका ११ वटा वडाहरु मध्ये ८ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन भने ३ वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन।
८.नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिकाका १० वटा वडाहरु मध्ये ५ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ४ वडामा नेकपा एमालेका वडा अध्यक्ष रहेका छन। यस नगरपालिकामा १ वडा अध्यक्ष राप्रपाका रहेका छन।
९.चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिकाका १५ वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ४ वटा वडामा नेकपा एमालेका वडा अध्यक्षहरुले जित हासिल गरेका छन। यस नगरपालिकाका २ वडामा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष रहेका छन।
१०.किर्तिपुर नगरपालिका
किर्तिपुर नगरपालिकाका १० वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।
११.दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिकाका ९ वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वडामा नेकपा एमालेका वडा अध्यक्ष रहेका छन।
कपन अनलाइन
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #५ दलीय गठबन्धन, #breaking, #काँग्रेस, #काठमाण्डौ जिल्ला भित्र कांग्रेस, #गठबन्धन, #माओवादी र समाजवादी, #माओवादी र समाजवादीको कुन कुन वडा ?
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्