पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल आयल निगमसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन घोषणा गरेका छन् ।
बढेको इन्धनको मूल्य अनुसार इन्धन ढुवानी भाडा नबढेको भन्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् । आगामी भदौ १ गतेसम्म पनि ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने व्यवासायीको तयारी छ ।
इन्धनमा भएको मूल्यवृद्धिका आधारमा ढुवानी भाडा नबढाइएको भन्दै ट्यांकर व्यवसायीहरु गत वर्षदेखि नै आन्दोलित छन् । पछिल्लो समय साउन १५ गते निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि उक्त सहमति पालना नभएकाले आन्दोलित हुनुपरेको व्यवसायीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल आयल निगम, #पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्