चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुग्यो

चितवन। पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक सय दुई होम आइसोलेशनमा छन् ।
सक्रिय सङ्क्रमितमध्ये ९० भरतपुर महानगरपालिका, सात खैरहनी नगरपालिकाका छन् । यस्तै माडी नगरपालिकामा एक, रत्ननगर नगरपालिकामा दुई, राप्ती नगरपालिकामा एक, कालिका नगरपालिकामा एक जना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । इच्छाकामना गाउँपालिकामा छ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार २२ गतेदेखि जिल्लामा सङ्क्रमण देखिएको हो । यही साउनमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार सय ५० पुगेको कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा हालसम्म ३३ हजार आठ सय १४ मा कोरोना पुष्टि भएको छ । ती मध्ये ३३ हजार दुई सय ५६ निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले कोरोना फैलन सक्ने भएकाले यसबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताउनुभयो । भिडभाडमा नजाने, नियमित साबुनपानीले हात धुने, मास्कको नियमित प्रयोग गर्ने, सामान्य रुघाखोकी र ज्वरो आएमा चिकित्सकसँग परामर्श लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
अहिले भरतपुर अस्पतालमा दैनिक आउने एक हजार पाँच सय बिरामीमध्ये पाँच सय मेडिसिन विभागका बिरामी रहने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सयमध्ये दुई सय बिरामी ज्वरोको छन् । तीमध्ये ५० जनालाई कोरोनाको लक्षण देखिएर परीक्षणका लागि पठाउने गरिएको उहाँले बताउनुभयो । रुघाखोकी, ज्वरो, डेँगु, स्क्रफटाइफसका बिरामी अस्पताल आउन थालेका छन् । कतिपयलाई जापानिज इन्सेफ्लाइटिसको लक्षण देखिएपछि परीक्षणका लागि पठाइएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना सङ्क्रमण, #चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुग्यो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्