जापान फोहोर व्यवस्थापनमा संसाररै अग्रणी रहेछ: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ५ दिने जापान भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा शुक्रबार राती जापान गएका प्रचण्ड आज स्वदेश फर्किएका हुन् । प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा लगायतले स्वागत गरेका थिए ।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले फोहोर व्यवस्थापनको लागि जापानसँग सहयोग माग गरेको बताएका छन् । उनले जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रणी रहेको दाबी गर्दै नेपालमा फोहोरलाई व्यवस्थानको लागि सहयोग माग गरेको बताए ।
फोहोर व्यवस्थापनमा संसाररै अग्रणी रहेछ जापान । कहि कतै फोहोर भन्ने देखिँदैन् सबै व्यवस्थापन । फोहोर व्यवस्थापनको लागि तत्काल हामिलाई सहयोग चाहियो भन्ने कुरा पनि हामि गर्यौ ।
प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्ने बताए । प्रचण्ड साउन २१ गते जापान भ्रमणमा गएका थिए । प्रचण्ड जापानका कार्यक्रममा सहभागी भएका थिए । प्रचण्डले शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभलको समुद्घाटन समेत गरेका थिए भने आइतबार हिरोसिमाको पनि भ्रमण गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #जापान फोहोर व्यवस्थापनमा संसाररै अग्रणी रहेछ, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्