जापान भ्रमणको क्रममा प्रचण्डले दिएको अभिव्यक्तिले नेपाल र नेपालीको शिर निहुँरियो : खिमलाल भट्टराई

काठमाडौं । नेकपा (एमाले) बाट राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिप्रति आलोचना गरेका छन् । नेपाल नै नआएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेसँग दुई पटक भेट भएको भन्ने अभिव्यक्ति सिंगो मुलुककै शीर झुकेको टिप्पणी गरे ।
जापान भ्रमण जानुभो । जापान भ्रमणमा जाँदा खेरी उहाँले सानका भन्नुभयो । पूर्वप्रधानमन्त्री, जसको अस्ति भ्रर्खर हत्या गरिएको थियो । शिन्जो आबे नेपाल आको बेलामा २–३ पटक कुराकानी भएको छ उहाँसँग नेपालको आपसी हितको बारेमा । नेपाल जापानको आपसी हितको बारेमा । दुई तिन पटक कुरा भएको छ । विकास निर्माणको बारेमा । गौरवको साथले उहाँले भन्नुभो । जबकी शिन्जो आबे नेपाल आउनुभएकै थिएन् । यस्तो खालको हल्का प्रस्तुतीले, हल्का टिप्पणीले के हुन्छ यो । एउटा सिनियर नेता देशको जिम्मा दिएको भनौं । यस्तो हल्का प्रस्तुतीले, हल्का टिप्पणी, हल्का तयारी के हो यो ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा बोल्दै भट्टराईले महङ्गी जनताको ढाँड सेकिदा पनि सरकारले कुनै चासो नदेखाएको आरोप लगाए । सरकारको ध्यान गठबन्धन र सत्ता जोगाउने विषयमा मात्रै केन्द्रीत भएको टिप्पणी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खिमलाल भट्टराई, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्