आदिवासी जनजातिको हक संरक्षण र सांस्कृतिक पहिचानमा प्रतिबद्ध छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको आधाबढी जनसंख्या ओगटेको आदिवासि, जनजातिहरुको भाषा र संस्कृति संरक्षणमा सरकार गम्भिर रहेको बताएका छन् । २८ औं आदिवासि जनजाति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै तह र तप्कामा समावेशीकरणको नीतिलाई आत्मसाथ गर्दै राष्ट्रको विकास समृद्धिलाई उच्च बनाउन प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
“सबै तह र तप्कामा समावेशिकरणको नीतिलाई आत्मसाथ गर्दै राष्ट्रको विकास समृद्धिलाई उच्च बनाउन हामी सबै प्रतिबद्ध हुनुपर्छ ।”
उनले परम्परा, संस्कृति र चलनहरु नयाँ पुस्तामा हस्तान्तरण हुन जरुरी भएको भन्दै त्यसमा आवश्यक सहयोग सरकारबाट हुने प्रतिबद्धता पनि जनाए।
“संस्कृतिहरु नयाँ पुस्तामा हस्तान्तरण हुन जरुरी छ । यसको लागि आवश्यक सहयोग सरकारबाट हुनेछ । आदिवासिको क्षेत्रलाई विकास गर्न आदिवासिहरु स्वयम आफै यसको सुरक्षाको लागि प्रतिबद्ध हुनु आवश्यक छ ।”
उनले ‘आदिवासिको सुरक्षा र पुस्तान्तरणमा महिलाको भूमिका’ आदिवासि जनजाति दिवसको यस वर्षको मूल नारालाई जोड्दै मूल्य मान्यता हस्तान्तरण लागि महिलाको भूमिका महत्वपूर्ण भएको बताए ।
आर्थिक, सामाजिक र शैक्षिक रुपमा आदिवासिको विकासको लागि विषेश कानून बनाउन र संगठनको स्थापना गर्न सरकार तयार रहेका पनि उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्