Techie IT
आईतबार, वैशाख ७,२०८२

डिएसपीको काज सरुवा : चितवनमा बिजय राज पण्डित आउने


चितवन । प्रहरी प्रधान कार्यालय, नक्सालले जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी नायब उपरीक्षक बिजय राज पण्डितको काज सरुवा गरेको छ । यसअघिका (डिएसपी) रविन बिष्टको पनि चितवन जिप्रकामा काज नै थियो ।

जिल्ला प्रहरी कार्यालय कैलाली दरबन्दी भई चितवन जिल्ला प्रहरी कार्यालयमा काज सरुवा भई आएका बिष्टको प्रहरी बृत बालाजु सरुवा भए संगै प्रहरी प्रधान कार्यालयले उनको सट्टामा गण्डकी प्रदेश तालिम केन्द्रमा कायारर्त डिएसपी पण्डितलाई चितवन खटाएको हो ।

यद्यपि, उनको केही दिन अघि मात्रै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा भएको थियो । प्रदेश प्रहरी कार्यालय सरुवा भएको २४ घण्टा नबित्दै डिएसपी पण्डितको चितवन काज भएको स्रोतले जनाएको छ ।

त्यस्तै, ईलाका प्रहरी कार्यालय बनेपामा डिएसपी रेशम बोहरा, जिल्ला प्रहरी कार्यालय काभ्रेमा अन्जना श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बिजय श्रेष्ठको पनि काज सरुवा गरिएको छ ।

नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले किस्ता किस्तामा काज सरुवा गर्दै आएको छ ।

विशेष परिस्थितिमा अधिकृतहरुलाई खटाउने गरी प्रहरी नियमावली, २०७१ ले काज सरुवाको व्यवस्था गरेको छ । तर, शक्तिकेन्द प्रहरी नियमावली, २०७१ को नियम ५२ ले काज सरुवाको व्यवस्था गरेको छ । नियमावलीको नियम ५२ (१०) मा सामान्यतया प्रहरी अधिकृतलाई काजमा नखटाइने उल्लेख गरिएको छ ।

उसो, त प्रहरी प्रधान कार्यालयले २० असारमा मातहतका कार्यालयलाई परिपत्र गर्दै ‘विशेष आवश्यकतामा मात्र प्रहरी कर्मचारीको काज सरुवा गर्ने बताएको थियो । तर, त्यसयता हेडक्वार्टरबाटै भएको काज सरुवाले परिपत्रलाई नै गिज्याईरहेको छ ।

नियमित सरुवा रोकेर हेडक्वार्टरले दैनिकजसो मनलाग्दी रूपमा प्रहरी अधिकृतहरूको काज सरुवा गर्दै आएको आरोप लाग्दै आएको छ । गृह मन्त्रालयको दबाबमा यसरी पटक–पटक काज सरुवा भएको प्रहरी स्रोत बताउँछ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545