Techie IT
शनिबार, वैशाख ६,२०८२

हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ


काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हुण्डी कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौं बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भई जोरपाटी बस्ने २० वर्षीय रामहरी दुलाल र रौतहट चन्द्रपुर नगरपालिका–४ घर भई चाबहिल बस्ने २४ वर्षीय सुदिप आचार्य छन् ।

काठमाडौं महानगरपालिका– १८ नरदेवी एरियामा हुण्डीको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
साथै, उनीहरुको साथबाट ७४ लाख रुपैयाँ नगद र विभिन्न वित्तीय संस्थाको नाममा काटिएका २६ लाख ३२ हजार ७५० रुपैयाँ बराबरको चेक बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
उनीहरुलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग ललितपुर पठाईएको उनले बताए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #पक्राउ, #हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545