Techie IT
शनिबार, वैशाख ६,२०८२

नागरिकतामा अपमानजनक शब्द प्रयोग भए सच्याउनुस: गृह मन्त्रालय


काठमाडौं : गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएकाे नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने निर्देशन दिनुभएको हो ।

यस्तै, अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने भनेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृह मन्त्रालय, #नागरिकतामा अपमानजनक शब्द प्रयोग भए सच्याउनुस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545