Techie IT
आईतबार, वैशाख ७,२०८२

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ


काठमाडौं । बागलुङमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । निसीखोला गाउँपालिका– ४ कानाबगर बस्ने २९ वर्षीय लिल बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा घर्ती लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले उनीहरुबाट नगद ६७ हजार ४ सय ३० रुपैयाँ, ८ थान मोबाईल र ३ बुक तास बरामद गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545