Techie IT
शुक्रबार, वैशाख ५,२०८२

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै ४ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा ५ हजार ६८६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545