Techie IT
शनिबार, वैशाख ६,२०८२

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ


काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका– ९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेतका भाइ युवराज बस्नेतसहित ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
उक्त घरमा युवराजले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545