Techie IT
आईतबार, वैशाख ७,२०८२

आइतबार नेप्से १०.२७ अंकले बढ्याे, कारोबार रकम भने घट्यो


नेप्से परिसूचक १०।२७ अंकले बढेको छ। घटेर कारोबार सुरू भएपनि १ बजेदेखि बढ्न थालेको नेप्से दोहोरो अंकले बढेर बन्द भएको हो ।सेयर बजार ०।४९ प्रतिशतले बढेपछि नेप्से परिसूचक २१ सय २३ अंकमा पुगेको छ । यसक्रममा आज ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भइ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँको किनबेच भएको छ । नेप्से १० अंकले बढ्दा आज जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् । यो समूहमा भने आज ४।५५ अंकको गिरावट आएको छ ।

आज होटल र टुरिजम समूहमा ६० अंकको वृद्धि आएको छ । यस्तै, विकास बैंक समूह ५२ अंकले बढ्दा व्यापार समूह ३८ अंकले बढेको छ । यसैगरी, वित्त समूह ३३ अंकले बढ्दा जलविद्युत २६ अंकले बढेको छ भने लघुवित्त समूहमा २७ अंक बढेको छ । यस्तै, अन्य समूह २२ अंक बढेको छ ।

आज नेप्से १० अंकले बढ्दा तीन वटा कम्पनीको सेयर मूल्यमा भारी वृद्धि भएको छ। जसमध्ये एउटा कम्पनीमा १० प्रतिशतको र २ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको हो ।

यस्तै, ९ प्रतिशतभन्दा बढीले बढेको तेह्रथुम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ बढेर ५३३ रुपैयाँ पुगेको छ। यसका साथै, ९ प्रतिशतले नै बढेको उपकार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ बढ्दै ३ हजार ७६४ रुपैयाँ पुगेको छ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545