प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विशेष समयमा बोल्दै सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, लोकसेवा आयोगको परीक्षा प्रणाली समयानुकूल बनाउनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, न्यायालयमा हुने प्रक्रियागत जटिलता हटाउनु पर्ने लगायतका विषय राख्नुभएको छ ।
शून्य समयमा बोल्दै सांसदहरुले बाढी पहिरोबाट प्रभावित नागरिकलाई उचित राहत र पुनर्स्थापना गर्न तथा जोखिमयुक्त ठाउँमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न माग गर्नुभएको थियो ।
यसैगरी, सांसदहरुले बढ्दो महँगीको न्यूनीकरण, अवरुद्ध सडकहरूको सञ्चालन, समावेशिताको सुनिश्चितता र नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने विषयमा सरकारको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्