Techie IT
आईतबार, वैशाख ७,२०८२

‘प्रचण्ड’को पीएसओको जिम्मेवारीमा डीएसपी सिद्धराज न्यौपाने


 काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् ।

दाहालको सुरक्षामा नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा सुरक्षा टोली खटाउँदै आएको छ । प्रहरी प्रधान कार्यालयले डीएसपी सिद्धराज न्यौपानेलाई दाहालको पीएसओको रुपमा खटाएको हो ।

यसअघि सुरक्षाको कमान्ड गरिरहेका तत्कालीन डीएसपी नरेशराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले न्यौपानेलाई दाहालको सुरक्षा कमान्डरको जिम्मेवारीमा खटाएको हो ।

प्रहरीमा व्यावसायिक अधिकृतको छवि बनाएका डीएसपी न्यौपाने जिल्ला प्रहरी कार्यालय कालिकोटको प्रमुख थिए ।दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् ।

उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो । सुरक्षा अधिकारीहरुका अनुसार समकालीन अन्य नेताहरुभन्दा प्रचण्डलाई सुरक्षा चुनौती भने बढी छ ।

सशस्त्र युद्धबाट आएको नेता भएकाले पनि उनको चुनौती अरुभन्दा बढी छ । सुरक्षा निकायले छिन्नभिन्न भएका माओवादीकै समूह, असन्तृष्ट पूर्वलडाकु, द्वन्द्वपीडित नै प्रचण्डको मुख्य सुरक्षा चुनौती भएको निष्कर्ष निकालेका छन् ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #‘प्रचण्ड’को पीएसओको जिम्मेवारीमा डीएसपी सिद्धराज न्यौपाने, #पुष्पकमल दाहाल प्रचण्ड, #सिद्धराज न्यौपाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545